२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्लानिङ ब्वाइजले जित्यो भीमनारायण कप



अ+ अ-
धनकुटा । धनकुटामा जारी १५ औँ सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौँले जितेको छ ।
आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । उपाधिसँगै प्लानिङ ब्वाइजले नगद रु पाँच लाख र भीमनारायण गोल्डकपको ट्रफी पाएको छ ।  उपविजेता बनेको वीरगञ्ज युनाइटेडले रु दुई लाख ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ ।
प्लानिङ ब्वाइजको जितमा यो निपोलियनले दुई, समिर थापा र विशाल दर्जीले एक÷एक गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका अविनाश थापामगर घोषित भए । उनले नगद रु चार हजार हात पारे ।
त्यस्तै विजेता टिमका विशाल दर्जी उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकिपर लोकेश चौधरी, उत्कृष्ट स्ट्राइकर यो निपोलियन घोषित भए भने वीरगञ्जका उमेश कार्की उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरूले रु सात÷सात हजार नगद र ट्रफी हात पारे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका डेडी वाम्वा घोषित भएका छन् । उनले नगद रु १५ हजार र ट्रफी प्राप्त गरेका छन् ।
खेलाडीलाई पुरस्कार आयोजक संस्था सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, श्रेष्ठका पुत्रद्वय मनोहरनारायण श्रेष्ठ र रामनारायण श्रेष्ठ, एन्फाका उपाध्यक्ष दावा लामा, पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
वैशाख २७ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक टिम र पेमा युवा क्लब विराटनगरसहित प्लानिङ ब्वाइज क्लब काठमाडौँ, कञ्चनजङ्गा फुटबल क्लब सिलिगुडी भारत, राष्ट्रिय जागृति फुटबल क्लब सुनसरी, झापा फुटबल क्लब झापा, एपीएफ काठमाडाँै र वीरगञ्ज युनाइटेड वीरगञ्जको सहभागिता रहेको थियो ।
विसं २०५५ मा धनकुटा नगरपालिका–६ का तत्कालीन वडाध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले यो प्रतियोगिताको सुरुआत गर्नुभएको थियो । नेपाली कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो । उहाँलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । रासस