• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   आलिया भट्ट फेरि डिपफेकको सिकार भइन् ★   काठमाडौंको गौरीघाटमा आगलागी ★   २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु ★   दिल्लीले राजस्थानलाई २० रनले हरायो, राजस्थानले प्लेअफका लागि अन्य खेल कुर्नुपर्यो ★   आज मातातीर्थ औँशी : मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो ★   पिएसजीलाई पाखा लगाउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा ★   अन्तर कलेज फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी १ च्यानलले प्रत्यक्ष प्रशारण गर्ने ★   विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईको निधन, दुई घाइते ★   मातातीर्थ मेला सुरु, चन्द्रागिरिमा भोलि बिदा ★   म दोषी भए फासीमा चढाईयोस्, ८ वर्षले पुग्दै पुग्दैनः सन्दीप लामिछाने

भ्रष्टाचारमा दोषी फ्रान्सका पूर्वराष्ट्रपतिलाई तीन वर्ष जेल सजाय



पेरिस । भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।
फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो । हतकडीसहित उनलाई अब एक वर्ष निजकै घरमा राखिनेछ भने सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाइएको छ ।
पूर्वराष्ट्रपति सार्कोजीले आफूविरुद्धको मुद्दालाई आफ्नो पक्षमा पार्न न्यायाधीश तथा आफूमाथि लागेको भ्रष्टाचार अभियोगलाई कमजोर पार्न दबाब र प्रभावको हतियार प्रयोग गरेका थिए ।
पुनरावेदन अदालतको आदेश सुनेर बिना कुनै टिप्पणी ६८ वर्षीय सार्कोजी न्यायालयबाट बाहिरिएका थिए । उनका वकिलहरूले पुनरावेदन अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अपील गरिने बताएका छन् ।
सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति रहेका सार्कोजी पदबाट बाहिरिने बित्तिकै कानुनी झमेलामा फसेका थिए । मार्च २०२१ मा उनी र उनका वकिल थियरी हर्जोगले भ्रष्टाचारलगायत कानुनी अनुसन्धानबारे जानकारी प्राप्त गर्न न्यायाधीश गिल्बर्ट अजिबर्टसँग सम्झौताको प्रयास गरेपछि उनको भ्रष्ट नियत छताछुल्ल भएको थियो । दोस्रो विश्वयुद्धपछि जेल सजाय भोग्ने उनी पहिलो पूर्वराष्ट्रपति भएका छन् ।