४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारकेश्वरमा खोलामा खस्यो बस, मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु



अ+ अ-

काठमाडौँ । काठमाडौँको तारकेश्वरमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाले ज्यान गुमाएका छन् ।

तारकेश्वर नगरपालिका–६ जरंखुमा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको हो । बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिएपछि बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ । तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ ।