२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिप ड्र – नेपाल, भारत र कुवेत एउटै समूहमा



अ+ अ-

काठमाडौं । नेपाल दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपमा कठिन समूहमा परेको छ । भारतको नयाँ दिल्लीमा बुधबार भएको समूह विभाजनमा नेपाल समुह ‘ए’ मा पर्दा नेपालले भारत, पाकिस्तान र कुवेत प्रतिद्वन्द्वी पाएको हो ।

समूह बीमा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । च्याम्पियनसिप भारतको बेंगलुरुमा असार ६ देखि १९ गते सम्म आयोजना हुँदैछ ।

नेपाल माल्दिभ्समा भएको अघिल्लो संस्करणको फाइनलमा पुगेको थियो । तर, फाइनलमा नेपाल भारतसँगै पराजित हुन पुगेको थियो ।

यसपटक दक्षिण एसियाबाहिरका दुई राष्ट्रले साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् । दक्षिण एसियालीका ७ मध्ये ६ राष्ट्रको सहभागिता साफ च्याम्पियनसिपमा रहनेछ । श्रीलंका भने फिफाबाट प्रतिबन्धका कारण सहभागिता जनाउने छैन ।