९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामीरिता शेर्पाले चढे २७ औं पटक सगरमाथा, तोडे आफ्नै विश्व कीर्तिमानी



अ+ अ-

काठमाडौं । नेपाली पर्वतारोही कामीरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण कीर्तिमानी बनाएका छ । उनले २७ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका हुन् ।

कामीले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेसँगै आफ्नो २७ औं कीर्तिमानी पुरा गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।

यसअघि उनले २६ औँ पटक सगरमाथा चढेर आफनो नाममा विश्व कीर्तिमानी राखेका थिए ।

उनले सेभेन समिट ट्रेक्स एभरेष्ट एक्सपिडिसन २०२३ को एक हिस्साको रूपमा सगरमाथाको सफल आरोहण गरेका हुन्। सेभेन समिटमा सिनियर गाईडका रूपमा कार्यरत सोलुखुम्बुको थामे गाउँका शेर्पाले आफ्नो जीवन पर्वतारोहणमा समर्पित गरेका छन् ।

जनवरी २, १९७० मा जन्मेका उनले पाकिस्तानको केटु चो ओयु, ल्होत्से र मनास्लु लगायतका अन्य चुचुराहरू पनि सफल आरोहण गरेका छन् ।