२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा दुई दिन अगाडि नै रोकियो खोप अभियान



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगर पालिकाले संचालन गरेको खोप कार्यक्रम स्थगीत हुने भएको छ । गएको मंगलबार देखि महानगरको ३२ वटै वडामा संचालन हुदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भए पछि स्थगीत हुनपुगेको हो । 

काठमाडौँ महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भने पछि जारि कार्यक्रम बाध्य भएर रोक्नु परेको बताउनु भयो । नेपाल सरकारलाई गएको हप्ता मित्रराष्ट्र चीनले १० लाख डोज खोप सहयोग स्वरूप उपलब्ध गराएको थियो । 

यसरि प्राप्त भएको खोपलाई सरकारले देशै भरि ६० वर्ष भन्दा माथि ६५ वर्ष सम्म उमेर समुहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो । सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउछु भने पछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौं अहिले २८ हजारलाई लगाइसके पछि रोक्नु परेको छ जनस्वास्थ्य प्रमुख कुँवरले भन्नु भयो ।

अब बाँकीलाई कसरि खोप लगाउने कुनै निश्चित नभएको शहरी जनस्वास्थ्य प्रमुख कुँवरले बताउनु भयो । कार्यक्रम अनुसार काठमाडौँ महानगरले गएको मंगलबार देखि पाँच दिन सम्म उमेर समूह अनुसार दिन तोकि खोप कार्यक्रमको  तालिका नै सार्वजनिक गरेको थियो । महानगरले आज सम्म करिब २८ हजार जनालाई खोप लगाएको बताएको छ ।