३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा दुई दिन अगाडि नै रोकियो खोप अभियान



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगर पालिकाले संचालन गरेको खोप कार्यक्रम स्थगीत हुने भएको छ । गएको मंगलबार देखि महानगरको ३२ वटै वडामा संचालन हुदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भए पछि स्थगीत हुनपुगेको हो । 

काठमाडौँ महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भने पछि जारि कार्यक्रम बाध्य भएर रोक्नु परेको बताउनु भयो । नेपाल सरकारलाई गएको हप्ता मित्रराष्ट्र चीनले १० लाख डोज खोप सहयोग स्वरूप उपलब्ध गराएको थियो । 

यसरि प्राप्त भएको खोपलाई सरकारले देशै भरि ६० वर्ष भन्दा माथि ६५ वर्ष सम्म उमेर समुहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो । सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउछु भने पछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौं अहिले २८ हजारलाई लगाइसके पछि रोक्नु परेको छ जनस्वास्थ्य प्रमुख कुँवरले भन्नु भयो ।

अब बाँकीलाई कसरि खोप लगाउने कुनै निश्चित नभएको शहरी जनस्वास्थ्य प्रमुख कुँवरले बताउनु भयो । कार्यक्रम अनुसार काठमाडौँ महानगरले गएको मंगलबार देखि पाँच दिन सम्म उमेर समूह अनुसार दिन तोकि खोप कार्यक्रमको  तालिका नै सार्वजनिक गरेको थियो । महानगरले आज सम्म करिब २८ हजार जनालाई खोप लगाएको बताएको छ ।