२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने



अ+ अ-

काठमाडौँ । सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सभामुख देवराज घिमिरेसँगको भेटमा सो जानकारी दिनुभएको हो ।

सभामुख घिमिरे प्रधानमन्त्री प्रचण्डलाई भेट्न मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । भेटमा उहाँहरुबीच संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको थियो ।

सभामुख घिमिरेले संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको प्रयास गरेको भन्दै प्रधानमन्त्री प्रचण्डको सराहना गर्नुभएको थियो । मंगलबारदेखि संसदीय समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको उहाँले बताउनुभएको थियो । सभामुख घिमिरेले संसद्मा विचाराधीन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको जानकारी दिनुभएको थियो ।

भेटमा उहाँले संसद् सचिवालयले पनि नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको जानकारी दिनुभएको थियो ।

सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको गुनासो सांसदहरुले गरेको जानकारी गराउँदै सभामुख घिमिरेले यो कुरालाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको थियो ।