१ असार २०८३, सोमबार
,
Latest
काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक



अ+ अ-

काठमाडौँ । सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउन नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।

राष्ट्र बैङ्कले पाँच वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागेको हो । राष्ट्र बैङ्कले जेठ २ गते मङ्गलबार जारी गर्न लागेको विकास ऋणपत्रको बोलकबोल मङ्गलबार र निष्कासन बुधबार हुने जनाएको छ ।

पाँच वर्ष अवधिको विकास ऋणपत्र मङ्गलबार निष्कासन भएर परिपक्क हुने अवधि २०८५ जेठ ३ गते हुने राष्ट्र बैङ्कले जनाएको छ । यो ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैङ्कले जनाएको छ । ऋणपत्र लिन इच्छुकले जेठ २ गते मङ्गलबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालार्ई निष्कासित रकमको आठ अर्ब पाँच करोड (८५ प्रतिशत) र एक अर्ब पाँच करोड (१५ प्रतिशत) छुट्याइएको राष्ट्र बैङ्कले जनाएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैङ्क तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाइनुका साथै दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जमार्फत हुने राष्ट्र बैङ्कले जनाएको छ ।




भर्खरै