१४ आश्विन २०८१, सोमबार
,
Latest
प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक



अ+ अ-

काठमाडौँ । सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउन नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।

राष्ट्र बैङ्कले पाँच वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागेको हो । राष्ट्र बैङ्कले जेठ २ गते मङ्गलबार जारी गर्न लागेको विकास ऋणपत्रको बोलकबोल मङ्गलबार र निष्कासन बुधबार हुने जनाएको छ ।

पाँच वर्ष अवधिको विकास ऋणपत्र मङ्गलबार निष्कासन भएर परिपक्क हुने अवधि २०८५ जेठ ३ गते हुने राष्ट्र बैङ्कले जनाएको छ । यो ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैङ्कले जनाएको छ । ऋणपत्र लिन इच्छुकले जेठ २ गते मङ्गलबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालार्ई निष्कासित रकमको आठ अर्ब पाँच करोड (८५ प्रतिशत) र एक अर्ब पाँच करोड (१५ प्रतिशत) छुट्याइएको राष्ट्र बैङ्कले जनाएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैङ्क तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाइनुका साथै दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जमार्फत हुने राष्ट्र बैङ्कले जनाएको छ ।