२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दु:खद्: सांसद केसी



file photo
अ+ अ-

काठमाडौँ । सांसद चित्रबहादुर केसीले मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरु नै संलग्न हुनु दु:खद् भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले आफ्ना दाजुभाइ नै बिक्री गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गर्नुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा वर्तमान सरकार र गृहमन्त्रीले देखाएको सक्रियतालाई धन्यवाद दिँदै सांसद केसीले दोषीलाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी राख्न नहुने उल्लेख गर्नुभयो ।

यस्तै सांसद राजेन्द्र बजगाईंले विकास निर्माणमा बजेट काटिएको भन्दै गुनासो गर्नुभयो । उहाँले गोरखाका विभिन्न आयोजनामा देखिएको बेथिति अन्त्य गर्न र विकास निर्माणको काम कारबाहीलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।