२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत आउँदै विश्वविजेता गोलकिपर मार्टिनेज



अ+ अ-

एजेन्सी । विश्व फुटबल च्याम्पियन अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेज भारत आउँदैछन् । उनी एक प्रचार भ्रमणको लागि भारत आउने भएका हुन् ।

३० वर्षीय मार्टिनेज दुई दिनको लागि कोलकातामा हुनेछन् । यद्यपि मिति भने घोषणा गरिएको छैन ।

मार्टिनेज सन् २०२२ को फिफा विश्वकप विजेता अर्जेन्टिनाका गोलकिपर हुन् । फाइनलमा गोलकिपरले दुईवटा बचाउ गरेका थिए । उनलाई गोल्डेन ग्लोभ्स अवार्ड दिइएको थियो । यो अवार्ड प्रतियोगिताको उत्कृष्ट गोलकिपरलाई दिइन्छ ।

खेलकुद प्रवद्र्धक शत्रु दत्तले मार्टिनेजको आगमनको सम्भावित मिति जुन २० देखि २१ वा जुलाई १ देखि ३ सम्म हुन सक्नेछ । दुवै पक्षबीच सहमति भइसकेको छ, कार्यक्रम तय हुन बाँकी छ । ब्राजिलका स्टार फुटबलर पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनालाई कोलकाता ल्याउनमा दत्तको महत्वपूर्ण भूमिका थियो ।

फिफा विश्वकप २०२२ को फाइनलमा पूर्ण समय र अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो । यो खेलमा मार्टिनेजले दुई उत्कृष्ट बचाउ गरे । साथै नेदरल्यान्ड्सविरुद्धको पहिलो क्वाटरफाइनल खेलमा पनि मार्टिनेजले पेनाल्टी सुटआउटमा दुईवटा बचाउ गरेका थिए ।