५ पुष २०८२, शनिबार
,
Latest
प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत आउँदै विश्वविजेता गोलकिपर मार्टिनेज



अ+ अ-

एजेन्सी । विश्व फुटबल च्याम्पियन अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेज भारत आउँदैछन् । उनी एक प्रचार भ्रमणको लागि भारत आउने भएका हुन् ।

३० वर्षीय मार्टिनेज दुई दिनको लागि कोलकातामा हुनेछन् । यद्यपि मिति भने घोषणा गरिएको छैन ।

मार्टिनेज सन् २०२२ को फिफा विश्वकप विजेता अर्जेन्टिनाका गोलकिपर हुन् । फाइनलमा गोलकिपरले दुईवटा बचाउ गरेका थिए । उनलाई गोल्डेन ग्लोभ्स अवार्ड दिइएको थियो । यो अवार्ड प्रतियोगिताको उत्कृष्ट गोलकिपरलाई दिइन्छ ।

खेलकुद प्रवद्र्धक शत्रु दत्तले मार्टिनेजको आगमनको सम्भावित मिति जुन २० देखि २१ वा जुलाई १ देखि ३ सम्म हुन सक्नेछ । दुवै पक्षबीच सहमति भइसकेको छ, कार्यक्रम तय हुन बाँकी छ । ब्राजिलका स्टार फुटबलर पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनालाई कोलकाता ल्याउनमा दत्तको महत्वपूर्ण भूमिका थियो ।

फिफा विश्वकप २०२२ को फाइनलमा पूर्ण समय र अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो । यो खेलमा मार्टिनेजले दुई उत्कृष्ट बचाउ गरे । साथै नेदरल्यान्ड्सविरुद्धको पहिलो क्वाटरफाइनल खेलमा पनि मार्टिनेजले पेनाल्टी सुटआउटमा दुईवटा बचाउ गरेका थिए ।