• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह

शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदको कामकारबाही अगाडि बढाउन नहुने– एमाले सांसद गैरे



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदको कामकारबाही अगाडि बढाउन नहुने बताउनु भएको छ ।

सो प्रकरण जघन्य अपराध भएको र सभामुखले रुलिङगर्दा पनि सरकारले सो विषयबारे संसदलाई अझै जानकारी नगराएकोमा उहाँको आक्रोश थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गैरेले संसदको कामकारबाहीलाई रोकेर भएपनि सरकारलाई त्यसबारे संसदमा जानकारी गराउन रुलिङ गर्न पनि सभामुख समक्ष माग गर्नु भयो । उहाँले अन्तराष्ट्रिय जगतको समेत ध्यानाकर्षण भईरहेको सो प्रकरणबारे किन संसदलाई जानकारी नगराएको भनि सरकारलाई पटकपटक प्रश्न समेत गर्नु भयो ।

सांसद गैरेले भन्नु भयो, ‘प्रतिनिधिसभाको २६ गते र २७ गतेको बैठकमा नेपालीलाई भुटानी शरणार्थी बनाएर विक्री वितरण गर्ने मानव तस्करीको कामको विरुद्धमा यो सदनमा बुलन्द आवाज उठेको थियो । र, २७ गतेको बैठकमा स्वयम सभामुख महोदयले सरकारलाई संसदको तर्फबाट जानकारी गराउनका लागि रुलिङपनि भएको थियो । तर आजको कार्यसूचिमा पनि मैले सरकारले यस विषयमा यो सार्वभौम सदनलाई जानकारी गराउने कार्यसूचि मैले देखिन ।

म माननीय सभामुखज्यूको गम्भिर ध्यानाकर्षण गराउनु चाहन्छु । र, भन्न चाहन्छु–यस्तो अपराधजन्य विषयमा आजसम्म सरकारले यो सार्वभौम सदनलाई आएर यस्तो भएको छ । यति प्रगति भएको छ । हामी यो गर्दैछौं भनेर भन्न के कारणले समस्या भईरहेको छ ? आज देशव्यापी रुपमा यो भ्रष्टाचारको विरुद्धमा सिंगो देश आन्दोलित छ । अन्तराष्ट्रिय जगतको ध्यानाकर्षण भएको छ । संसद चलिराखेको छ । र, सरकारले अहिले पनि यसको अनुसन्धानमा ढिलासुस्ती, आजटाल गरिरहेको छ । र, जनतालाई यसको निष्पक्ष छानविन हुन्छ भन्ने विश्वास छैन । अस्ती २८, २९ र ३० गते बसेको नेकपा एमालेको केन्द्रिय कमिटी बैठकले संस्थागत रुपमा यसमा निष्पक्ष छानविन गर्न र दोषीलाई कारबाही गर्न माग समेत गरेको छ ।

यस सन्दर्भमा म आजको यस बैठकमा यस विषयमा सरकारले सदनलाई जानकारी दिनुपर्छ । अनि, मात्रै सदनको काम अघि बढनुपर्छ भन्ने कुरा म माग गर्न चाहन्छु । ध्यानाकर्षण गराउन चाहन्छु । र, यो जघन्य अपराधको निष्पक्ष छानविन होस् । दोषीलाई कारबाही होस् । र, अन्य जनप्रतिनिधिको नाममा, पार्टीको नेताको नाममा वा अरु कुनै पनि व्यक्तिको नाममा गरिने भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई निरुत्साहित गर्न, दण्डनीय बनाउन यो संसद दृढतापूर्वक उपस्थिति हुनु पर्दछ । र, सरकारले तदनुरुपको काम गर्नु पर्दछ भन्ने कुराको म ध्यानाकर्षण गराउन चाहन्छु । र, सभामुखज्यूलाई त्यो अनुसारको रुलिङ गर्न माग गर्दछु ।’

सांसद गैरेले सो प्रकरणबारे निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।