• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

नरेन्द्र मोदी स्टेडियममा पहिलोपटक आमनेसामने हुँदै गुजरात र हैदरावाद



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लिग चरणको ६२ औँ खेल गुजरात टाइटन्स (जीटी) र सनराइजर्स हैदरावाद (एसआरएच) बीच हुँदैछ । खेल गुजरातको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । यस मैदानमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

गुजरातले यो सिजन हालसम्म खेलेका १२ खेलमध्ये ८ मा जित र ४ मा हार बेहोरेको छ । हार्दिकको नेतृत्वमा रहेको गुजरातले उत्कृष्ट प्रदर्शन गर्दै १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । आजको खेल जितेर टोली प्लेअफमा पुग्ने पहिलो टोली बन्न सक्छ ।

हैदरावादविरुद्धको टोलीका ४ विदेशी खेलाडी डेभिड मिलर, राशिद खान, नूर अहमद र अल्जारी जोसेफ हुन सक्छन् । यी बाहेक मोहम्मद शामी, शुभमन गिल र हार्दिक पाण्ड्याजस्ता खेलाडी उत्कृष्ट लयमा छन् ।

हैदरावादले यो सिजन हालसम्म खेलेका ११ खेलमध्ये ४ जित र ७ खेलमा हार बेहोरेको छ । हैदरावाद ८ अंकका साथ तालिकाको नवौं स्थानमा छ । गुजरातविरुद्धको टोलीका ४ विदेशी खेलाडी एडेन मार्कराम, हेनरिक क्लासेन, ग्लेन फिलिप्स र फजल हक फारुकी हुन सक्छन् ।

गुजरात र हैदरावादको टोली बराबरीमा छन् । यी दुईबीच अहिलेसम्म जम्मा दुई खेल भइसकेका छन् । एक पटक गुजरात र एक पटक हैदरावादले जित हात पारेको छ ।

नरेन्द्र मोदी स्टेडियमको पिचले ब्याट्सम्यानलाई धेरै सहयोग गर्छ । यो पिचमा स्पिन बलरलाई निकै समस्या छ । साँझमा शीतले पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ । सोमबार अहमदाबादमा मौसम सफा हुनेछ । पानी पर्ने सम्भावना छैन । यहाँको तापक्रम २९ देखि ४१ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती – ११
गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान), ऋद्धिमान साहा (विकेटकिपर), विजय शंकर, डेभिड मिलर, अभिनव मनोहर, राहुल तेवाटिया, राशिद खान, नूर अहमद, अल्जारी जोसेफ, मोहम्मद शामी र मोहित शर्मा ।

सनराइजर्स हैदरावादः एडेन मार्कराम (कप्तान), अभिषेक शर्मा, अनमोलप्रीत सिंह, राहुल त्रिपाठी, हेनरिक क्लासेन (विकेटकिपर), ग्लेन फिलिप्स, अब्दुल समद, मयंक मार्कण्डे, भुवनेश्वर कुमार, फजल हक फारुकी र थांगारासु नटराजन ।