५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बडिबिल्डर’ खेलाडी सम्मानित



अ+ अ-

काठमाडौँ । नेपाली महिला र पुरुष तीनजना अन्तर्राष्ट्रिय खेलाडीलाई उहाँहरुले पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ ।

यसरी सम्मानित हुनेमा निर्मला महर्जन (पहिलो नेपाली महिला अन्तर्राष्ट्रिय ‘बडिबिल्डर’ तथा तेक्वान्दो खेलाडी), भगवती खड्का (पहिलो महिला ‘रेस्लर’) र उमेश राई (बडिबिल्डर तथा सर्वाधिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता) हुनुहुन्छ । साथै सोही कार्यक्रममा विकास खड्गी (युवा उद्यमी) आनन्द राई (सङ्गीतकार) र जेसिका चेम्जोङ (समाजसेवी) अभिनन्दन गरिएको थियो ।

बागमती प्रदेशसभा सदस्य रमा आलेमगर र चन्द्र्रागिरि चेम्बर अफ कमर्शका अध्यक्ष रामनारायण घिमिरेले अधिवाह नेपाल नामक सामाजिक संस्थाद्वारा आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान एवं अभिनन्दन गर्नुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य आलेमगरले आर्थिक समृद्धि हासिल गर्न सामूहिक प्रयत्नको खाँचो आँैल्याउँदै यस्ता कार्यक्रममार्फत राष्ट्रिय व्यक्तित्वको थप पहिचान हुने बताउनुभयो । अध्यक्ष घिमिरेले भन्नुभयो, “चन्द्रागिरि चेम्बर अफ कमर्शले उद्यमीका समस्या सम्बोधन गर्न विभिन्न काम गरिराखेको छ ।”

संस्थाका अध्यक्ष रजनी श्रेष्ठ र सचिव एवं कार्यक्रम संयोजक सुरेन्द्र श्रेष्ठ (रमन)ले देशका प्रतिभालाई सम्मान गर्न पाएकामा गौरवान्वित भएको बताउनुभयो । रासस