५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्षस्थानको सिटीको सहज जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको म्यान्चेस्टर सिटीले सजह जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा सिटीले एभर्टनलाई उसकै मैदानमा ३–० गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन इल्काए गुन्डोवानले दुई तथा एर्लिङ हालाण्डले एक गोल गरे । खेलको ३७ औं मिनेटमा गुन्डोवानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ३९ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

गुन्डोवानले उपलब्ध गराएको पासलाई हालाण्डले हेडरमार्फत गोल गरेका हुन् । ५१ औं मिनेटमा गुन्डोवानले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै उपाधि होडमा रहेको सिटीलाई महत्वपूर्ण तीन अंक दिलाए ।

शीर्षस्थानको सिटीको ३५ खेलबाट ८५ अंक छ । एभर्टन ३६ खेलबाट ३२ अंकका साथ तालिकाको १७ औं स्थानमा छ ।