२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि कारबाहीमा परे सांसद थापा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चा (राजमो)ले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ । 

बिहिबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै थापालाई पार्टी सदस्य समेत नहरने गरी जनमोर्चाले कारबाही गरेको हो ।

थापालाई पदमुक्त गरेको सूचना प्रदेशसभाको आज बस्ने बैठकमा दिने तयारी जनमोर्चाको छ ।

गत जेठ २० मा पनि जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो । तर, थापाले आफूमाथि भएको कारबाही त्रुटिपूर्ण भएको भन्दै अदालतमा रिट दायर गरेका थिए । 

यद्यपि सर्वोच्च अदालतले एउटा काम कारबाहीका लागि जारी भएको हृपीप सो खास कार्य हुन नसके परिस्थिति परिर्वतन भएको अवस्थामा राजनीतिक दलसम्बन्धी ऐन उल्लंघन भई दल त्याग भएको मानिनसक्छ कि सक्दैन भन्ने कानूनी व्याख्याको विषय भएको भन्दै थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो ।