२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोय रुटको सुटकेसमा बसेर एयरपोर्टबाट निस्किए चहल (भिडियो)



अ+ अ-

एजेन्सी । क्रिकेट मैदानमा युजवेन्द्र चहल एक रोचक पात्र हुन् । मैदानमा ब्याट्सम्यानलाई उनको बल खेल्न गाह्रो भएतापनि खेलबाहिर पनि उनी उत्तिकै रमाइला छन् । लिग सुरु हुनु अघि, राजस्थान रोयल्सले एक भिडियो साझा गर्‍यो जसमा उनी जोय रुटसँग पञ्जाबी गीतमा नाचिरहेको देखिन्छ ।

आइतबार रोयल च्यालेन्जर्स बैंगलोरसँगको खेलअघि नै चहलको रुटसँगको भिडियो भाइरल भएको थियो जुन निकै हास्यास्पद छ ।

इडेन गार्डेनमा कोलकाता नाइट राइडर्ससँगको खेल खेलेर राजस्थानको टोली जयपुर पुग्दा चहल विमानस्थलमा रुटसँग रमाइलो गरिरहेको देखिन्छ । राजस्थानले एउटा भिडियो सेयर गरेको छ जसमा चहललाई रुटको सुटकेसमा बसेको देख्न सकिन्छ । यस क्रममा रुट ट्रली समातेर अगाडि बढिरहेका थिए । यस क्रममा ट्रली ढलानमा तीव्र गतिमा गुड्छ र चहल अगाडि दौडिरहेका खेलाडीसँग ठोक्किन्छन् । यसपछि सबै खेलाडी हाँस्न थाले ।

इडेन गार्डेनमा कोलकाता (केकेआर) विरुद्धको अन्तिम खेलमा चहलले इतिहास रचेका थिए । उनले खेलमा चार विकेट लिए र आईपीएल इतिहासमा सर्वाधिक विकेट लिने खेलाडी बने । उनले यस मामिलामा वेस्ट इन्डिजका ड्वेन ब्राभोलाई पछाडि छोडे । चहलको नाममा १८७ विकेट छन् भने ब्राभोले १८३ विकेट लिएका छन् । कोलकाताविरुद्ध नितिश राणाको विकेट लिएर चहलले कीर्तिमान बनाएका हुन् । चहल र ब्राभो पछि पियुष चावला (१७४), अमित मिश्रा (१७२) र रविचन्द्रन अश्विन (१७१) छन् ।