जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको ज्यान गएको छ ।
जिल्लाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर पाँच जना बालिकाको ज्यान गएको हो ।
पोखरीमा पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष उमेर समूहका ५ जना बालिकाको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
पोखरीबाट ५ जना बालिकाको शव निकालिए पनि दुई जनाको अझै खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।