• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

भ्रष्टाचारीलाई सिधै बागमतीमा चोपलने हो : बालेन शाह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले भ्रष्टाचारीलाई सिधै लगेर बागमतीमा चोपाल्नुपर्ने बताउनुभएको छ ।

भ्रष्टाचारविरुद्ध सडक नाटक धेरै देखिसकेको भन्दै उहाँले आफूले यस्ता नाटकमा विश्वास नगर्ने बताउनुभएको छ ।

उहाँले भ्रष्टाचारीलाई सिधै कारबाही गर्ने नीति बनाउन समेत माग गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्धको सडक आन्दोलनका विषयमा टिप्पणी गर्दै उहाँले लेख्नुभएको छ ।

भ्रष्टाचार विरुद्धको आन्दोलन ?
को नेता हो थाहा छ ?
घर कहाँ हो थाहा छ ?
सिधै लगेर बागमतीमा चोपाल्नुस् ।
यस्तो सडक नाटक धेरै देखिसक्यो हामीले ।
पत्याउँदिन म चाहीँ ।
तपाईंहरुलाई यत्रो भोट देखिएर नेता बनाको आन्दोलन गर्नलाई होइन । सिधै कारबाही गर्नलाई हो । सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।