१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयताबारे केन्द्रीय कमिटी बैठकमा छलफल नै भएको छैनः एमाले



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफलनै नभएको स्पष्ट पारेको छ ।

शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने प्रष्टयाउनु भएको हो । बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रुपमा खारेज गर्ने बताउनु भएको पनि पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनु भयो ।

ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान पार्टीका केन्द्रिय सदस्यलाई निर्देशन समेत दिनु भएको थियो । उपप्रमुख रिजालका अनुसार ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको नेता पार्टी भएकाले यसका कुनै पनि पिल्लरहरुलाई हल्लाउने वा चलाउने पक्षमा नरहेको पनि बताउनु भएको थियो । ओलीको भनाई उधृत गर्दै प्रचार उपप्रमुख रिजालले भन्नु भयो, ‘हिजो देखि एउटा हल्ला चलाईएको छ–नेकपा एमालेका चालू केन्द्रिय कमिटी बैठकमा संघीयताका बारेमा बहस सुरु भयो । नेकपा एमालेले संघीयतामा पुनर्विचार गर्ने भयो ।

अव नेकपा एमालेको संघीयता नमान्ने भयो भन्नेजस्ता जुन खालका गलत हल्लाहरु चलेका छन । यिनलाई अध्यक्ष कमरेडले सम्पूर्ण रुपमा खारेज गर्नु भएको छ । र, तपाईहरुलाई थाहा छ–हाम्रो पार्टीको बैठक निश्चित एजेण्डाका आधारमा अगाडि बढेको छ । संघीयता अहिले हाम्रो छलफलको विषय पनि छैन । र, संघीयताको बारेमा हाम्रो पार्टीका कुनै छलफल पनि भएको छैन । कुनै साथीहरुले समूहमा उभिदा राखिएको कुरालाई पार्टीको आधिकारिक निर्णय हो जस्तो गरी जुन ढंगले प्रचार गरिएको छ ।

यो गलत छ । अध्यक्ष कमरेडले यसको आलोचना गर्नु भएको छ । यो पार्टीको विधिको हिसावले पनि गलत छ । र, पार्टीको मान्यताको हिसावले पनि गलत छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्ने अगुवा पार्टी, नेता पार्टी र यसको सर्जक पार्टी नेकपा एमाले हो । यो संविधानको निर्माता नेकपा एमाले हो । यो संविधनन निर्माण भएवापत मुलुकले नाकाबन्दी भोग्दासमेत त्यसको दृढतापूर्वक नेतृत्व गर्ने र सामना गर्ने पार्टी हो ।

यो पार्टीले संविधानलाई हल्लाउने, संविधानको पिल्लरहरुलाई चलाउने अहिले कुनै पनि काम गर्न सक्दैन । र, त्यो काम सोच्न पनि सक्दैन । यो कुरा हाम्रो पार्टीको अध्यक्ष कमरेडले आज बहुत स्पष्ट ढंगले पार्टीको केन्दिय कमिटी बैठकमा निर्देशन गर्नु भएको छ । र, सबै केन्द्रिय कमिटीका सदस्यहरुलाई पार्टीको निर्णित कुरा, आधिकारिक कुरा, केन्द्रिय कमिटीका आधिकारिक निर्णयहरु बोकेर जान आग्रह गर्नु भएको छ ।’

बैठकले मिसन ग्रासरुट अभियानबाट प्राप्त सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना पनि तय गरेको छ । जसमा कम्युनिष्ट पार्टीहरुको अन्तराष्ट्रिय सम्मेलन गर्ने योजना समावेश गरिएको छ ।