२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाउन्ड्रीको डोरीमा ब्याटले हानेपछि बटलरलाई लाग्यो जरिवाना



अ+ अ-

एजेन्सी । राजस्थान रोयल्स (आरआर)का ब्याट्सम्यान जोस बटलरलाई खेल शुल्कको १० प्रतिशत जरिवाना गरिएको छ । बटलरले आईपीएल आचार संहिताको धारा २(२) अन्तर्गत लेभल १ नियम उल्लङ्घन गरेकाले जरिवाना लगाइएको हो ।

इन्डियन प्रिमियर लिग (आईपीएल)को ५६ औं खेलमा आरआरले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ९ विकेटले पराजित गरेको थियो । इडेन गार्डेन स्टेडियममा टस हारेर पहिले ब्याटिङ रोजेको केकेआरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । जवाफमा आरआरले १३.१ ओभरमा लक्ष्य पूरा गर्‍यो ।

१५० रनको लक्ष्य पछ्याएको राजस्थानका यशस्वी जैसवालले पहिलो ओभरमै २६ रन बनाएका थिए । उनले १३ बलमा अर्धशतक पूरा गर्दै ९८ रनको नटआउट इनिङ खेलेर ४१ बल बाँकी रहँदै टोलीलाई जित दिलाएका थिए ।

खेलमा केकेआरले दिएको लक्ष्य पछ्याउन आरआरको टोली मैदानमा उत्रिएपछि यशस्वी जैसवालको गलत कलका कारण बटलर अलमलमा परे र आन्द्रे रसेलको सिधा थ्रोमा रनआउट भए ।

आउट भएपछि बटलर मैदानबाट बाहिर निस्कँदै गर्दा उनले आक्रोशित हुँदै आफ्नो ब्याटले बाउन्ड्रीको डोरीमा प्रहार गरेका थिए । जसका कारण उनलाई आईपीएलले जरिवाना गरेको हो ।

बटलरलाई आईपीएलको गभर्निङ काउन्सिलले नियम उल्लंघन गरेको आरोपमा दोषी ठहर गरेको छ । एक आधिकारिक विज्ञप्तिमा भनिएको छ कि जोस बटलरले आईपीएल आचार संहिताको धारा २(२) अन्तर्गत नियम उल्लङ्घन गरेका छन् । यस नियममा उपकरण वा कपडा, मैदान उपकरणको दुरुपयोग हुँदा खेलाडी दोषी पाइन्छ । बटलरले यो सिजन १२ खेलमा ३९२ रन बनाएका छन् ।