• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   बुद्धजयन्ती मनाइयो ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक ★   महासङ्घ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह ★   मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना ★   पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज ★   साकेला उभौली: उल्लासमय बन्दै किराँत गाउँबस्ती ★   पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड

फ्रेण्ड्स क्लवमाथि सहज जित निकाल्दै जावलाखेल शीर्ष स्थानमा उक्लियो



काठमाडौँ । फ्रेण्ड्स क्लवमाथि ४–१ सहज जित निकाल्दै जावलाखेल राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा बिहीवार सम्पन्न खेलमा जावलाखेलले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गरेर एक गोल खान पुगेको थियो । यसजितसँगै जावलाखेल समग्रमा ४–१ को नतिजा निकाल्दै शीर्ष स्थानमा फर्किएको हो ।

जावलाखेलको जितमा एनकोटो मासोआबीले २ तथा राहुल राहुल र फोडे फोफानाले १–१ गोल गरे । फ्रेण्ड्सका लागि श्यामबाबु क्यापछाकीले गोल फकाउँदै अन्तर घटाएका थिए । शुरुवात प्रतिष्पर्धात्मक बनेको खेलमा जावलाखेलले २० अ‍ौं मिनेटमा खाता खोल्न सफल भएको थियो । अब्दुलअजिज निशानबाएभको कर्नरमा भारतीय डिफेण्डर राहुल राहुलले हेडरमार्फत जाली चुमाउन सफल भएका हुन् ।

त्यसको ६ मिनेटपछि नै अब्दुलअजिजको फ्रिकिकलाई एनकोटो मासोआबीले गोल गर्दै जावलाखेललाई पहलिो हाफमा २–० को अग्रता दिलाए । दोस्रो हाफमा पनि जावलाखेलले फ्रेण्ड्सलाई दबाबमा राख्दै खेल देखायो । तर दोस्रो हाफमा फ्रेण्ड्सले सम्हालिएको प्रदर्शन गर्ने प्रयास गर्‍यो । ५७ अ‍ौं मिनेटमा फ्रेण्ड्सका असिम भुषालको फ्रिकिक पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

६४ अ‍ौं मिनेटमा मासोआबीको पेनाल्टीमा जावलाखेलले ३–० को अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र एञ्जल महर्जनले ह्याण्ड गरेपछि जावलाखेलले पेनाल्टीको अवसर पाएको थियो । ७५ अ‍ौं मिनेटमा मासोआबीको कडा प्रहार फ्रेण्ड्सका गोलरक्षक राजाबाबु थापा बचाउन सफल भएका थिए । ८० अ‍ौं मिनेटमा श्यामबाबु क्यापछाकीले फ्रेन्ड्सका लागि गोल फर्काउँदै अन्तर ३–१ मा घटाए । इन्ज्युरी समयमा फोडे फोफानाले गोल गरेपछि जावलाखेलको जित निश्चित भयो ।

यस जितपछि जावलाखेलको १७ खेलमा ३० अंक छ । चर्च ब्वाइज समान ३० अंकमा भएपनि हेड टु हेड नतिजामा दोस्रो स्थानमा झरेको छ । जावलाखेलले चर्च ब्वाइजलाई १–० ले हराएको थियो । फ्रेन्ड्स १७ खेलमा १९ अंकसाथ ११ अ‍ौं स्थानमा छ ।

लिग अन्तर्गत शुक्रवार तीन खेल हुनेछन् । दिनको पहिलो खेल संकटा र नेपाल पुलिस क्लवबीच दशरथ रंगशालामा हुनेछ भने दोस्रो खेल हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी फुटबल क्लवबीच एन्फा मुख्यालयमा प्रतिष्पर्धा हुनेछ । तेस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र खुमलटार युथ क्लवबीच हुनेछ ।