२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेताहरुलाई कस्तो लाग्यो चलचित्र ‘हल्कारा’ ? (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चलचित्र ‘हल्कारा’ले अहिलेको नेपालको पीडादायी अवस्थालाई यथार्थतामा उतारेको बताएका छन् ।

बुधबार काठमाडौंमा चलचित्रको प्रिमियर शोपछि सिने पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले वैदेशिक यात्रामा जाने नेपालीहरु र उनीहरुले भोग्ने पीडा साथै गाउँमा परिवारले पाएको दुःखलाई चलचित्रमा राम्रो ढंगबाट देखाइएको बताए । उनले रोजगारीका लागि विदेश जानेहरुको संवेदनालाई चलचित्रमा उतारिएको उल्लेख गरे ।

उनले वैदेशिक रोजगारीमा जाँदा चुकाइरहेको पारिवारिक मूल्यको उजागर चलचित्रमा उतारिएको बताए । वैदेशिक रोजगारीमा जाँदा परिवारमा उत्पन्न समस्यालाई यथार्थमा उतारिएको भन्दै आजको पुस्ताले हिजोको नेपाली समाजबारे जान्नका लागि यो चलचित्र हेर्नैपर्ने उनको भनाई छ । यस्तै देशभित्र रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने र नसके वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन जरुरी रहेको पनि नेता ज्ञवालीले बताए ।

चलचित्र हेरिसकेपछि बोल्दै नेकपा एमाले सांसद रघुजी पन्तले हल्कारको कथा पहाडको कथा भएको बताए । उनले सिनेमामा वैदेशिक रोजगारीको बिडम्वना र त्यसबाट उत्पन्न सामाजिक र मानसिक समस्याहरु देखाइएको बताउँदै गाउँबाट रोजगारीका लागि शहर पस्दा उत्पन्न हुने समस्या सिनेमामा उतारिएको बताए ।

चलचित्र हेरिसकेपछि कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कथाले नेपाली वर्तमान वैदेशिक रोजगारीको समस्यालाई उजागर गरेको उल्लेख गरे । उनले चलचित्रले समाजमा भइरहेको रोजगारीबाट उत्पन्न समस्यालाई देखाइएकाके बताउँदै बेरोजगारीको वास्तविकता चलचित्रमा उतारिएको प्रतिक्रिया दिए ।

त्यस्तै कलाकार शारदा गिरीले आफूले यस चलचित्रमा फरक अभिनय गरेको बताइन् । उनले चलचित्र अभिनयताका धेरै कठिनसाथ अभिनय गरेको बताइन् ।

चलचित्र अभिनय गर्दा धेरै दुःख र मेहनतका साथ काकम गरेको उनको भनाई छ । महेश त्रिपाठी र विनिता थापामगरको प्रमुख अभिनय रहेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतिक र आकाश बरालले सह–लेखन गरेका छन् ।

यस चलचित्रमा महेश र विनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी र दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।