११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

राप्ती तटका बासिन्दा डुङ्गाकै भरमा

राप्ती तटका बासिन्दा डुङ्गाकै भरमा
अ अ+ अ-

जानकी । बाँकेको राप्ती नदीको एउटा भङ्गालो खल्ला झगडिया हुँदै गङ्गापुरतिर अघि बढेको छ । त्यही भङ्गालो तर्न राप्तिपारीका स्थानीयले दैनिक डुङ्गा चढ्नुपर्ने बाध्यता रहेको छ । खल्ला झगडिया, कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाट बजार गर्न डुङ्गा चढेर जाने गर्दछन् । खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुङ्गा सधैँ तयारी अवस्थामा रहन्छ ।

बाँकेको पूर्वी क्षेत्रमा रहेको राप्तीपारी सिधनियाघाटमा पुल बनेको पनि डेढ दशकभन्दा धेरै भइसक्यो । तर पनि त्यहाँका तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्ने गर्दछन् । राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुङ्गामा नै जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । उक्त नदीमा सञ्चालित प्राय: डुङ्गा भारतबाट खरिद गरेर स्थानीयले चलाउने गर्दछन् ।

भारतबाट भाडामा ल्याइएको डुङ्गा हाल जितबहादुर पासीले ठेक्कामा चलाइरहनुभएको छ । उहाँले नदी तारेको प्रतिव्यक्ति रु दश लिने गर्नुहुन्छ । दिनमा रु आठ सयदेखि रु एक हजारसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । पासीले भन्नुभयो, “डुङ्गा चलाएबापत गाउँपालिकालाई वर्षीक रु ५० हजार दिने सम्झौता छ ।”

डुङ्गामा मानिस र भँैसीलाई बोकेबापत रु २०, साइकलको रु १५ र मोटरसाइकलको रु ३० लिने गरेको पासीले बताउनुभयो ।

बीस वर्षदेखि राप्तीनदीमा डुङ्गाा चलाउँदै आउनुभएका नानबाबु पासीले भारतबाट भाडामा डुङ्गाा ल्याएर चलाइरहेको बताउनुभयो । गत फागुन १७ गते सम्झौता सकिएपछि पालिकाले अरुलाई ठेक्का दिएको छ । हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा हाट बजार लाग्छ । हाट बजारमा राप्तीपारिका होलिया, बेतहनी र फत्तेपुर बासिन्दा डुङ्गा तरेर जाने गर्दछन् । यो होलियाको पिप्रहवादेखि चार किलोमिटरको दूरीमा रहेको छ । भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध नजिक पर्छ ।

हाट बजारमा तरकारी सस्तो पाइने भएकाले अधिकांश किनमेल गर्न जाने गरेका डुङ्गा चालक श्रवण विश्वकर्माले बताउनुभयो । नि:शुल्क रुपमा डुङ्गा चढ्न पाउनुपर्ने डुडुवा गाउँपालिका–१, पिप्रहवाका कृष्णगोपाल यादवले बताउनुभयो । “स्थानीय सरकार जनताको सहजताका लागि नि:शुल्क चढ्ने व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

राप्तीको बाढीले काट्दै गएपछि उक्त क्षेत्रका गाउँ कटानको समस्यामा छन् । एउटै डुङ्गामा ५० जनादेखि ६० जना सवार हुन्छन् । डुडुवामा वडा नं १ मा कुडुवा, कृषि चौफेरी, वर्डर चौफेरी छिटपुर्वा, टेपरी प्रिपहवा खडैचा कन्दइपुर्वा सन्तलीया नयाँबस्ती रहेको छ । राप्तीको नदीमा चारवटा घाट छन् । रासस