• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

इन्टर मिलानले एसी मिलानलाई उसकै घरमा हरायो



एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले जित निकालेको छ ।

गएराति भएको खेलमा इन्टरले शहरी प्रतीद्वन्द्वी एसी मिलानलाई उसकै घरेलु मैदानमा २–० गोलले पराजित गरेको हो ।

इन्टरलाई जित दिलाउन खेलको आठौं मिनेटमा एडिन जेकोले र ११ औं मिनेटमा हेन्रिख एम्खिटारियनले गोल गरे ।

यो जितसँगै इन्टरले २–० को अग्रता लिएको छ । अब यी दुई टोलीबीचको दोस्रो लेग मे १७ मा इन्टरकै घरेलु मैदानमा हुनेछ ।