• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै

एसिया कपमा छनोट भएका खेलाडीलाई विराटनगर परिक्रमा गराइयो



विराटनगर । हालसालै सम्पन्न एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेर ऐतिहासिक सफलता चुमेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगरमा सम्मानसहित नगर परिक्रमा गराइएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले क्रिकेट टोलीलाई ट्रफिसहित बजार परिक्रमा गराएको हो ।

राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाई, कप्तान रोहित पौडेल, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल, लोकल ब्वाइ ललितसहितका खेलाडीहरू सहभागी थिए । उनीहरुलाई विराटनगर कञ्चरबारीबाट बरगाछी–तीनपैनीबाट रोडशेषहुँदै महेन्द्रचौकदेखि बरगाछीसम्म बजार परिक्रमा गराइएको थियो ।