५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः वल्भ्ससँग टोटेनहम पराजित, लेस्टर र वेस्टहामले अंक बाँडे



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले हार ब्यहोरेको छ । आइतबार राति भएको खेलमा टोटेनहम वल्भ्ससँग आफ्नै मैदानमा २-० गोलले पराजित भएको हो । 

खेलको छैटौँ मिनेटमा नै राउल जिमनेजले गोल गर्दै वल्भ्सलाई सुरुवाती अग्रता दिलाएका थिए । १८ औं मिनेटमा लिन्डर डेन्डनकरले गोल गर्दै वल्भ्सको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल वल्भ्सको पक्षमा गयो । 

जितसँगै २३ खेलबाट ३७ अंक जोड्दै वल्भ्स तालिकाको सातौं स्थानमा रहेको छ भने एक खेल कम खेलेको टोटेनहम ३६ अंकसहित आठौं स्थानमा छ । 

यस्तै गएराति नै भएको अर्को खेलमा लेस्टर सिटी र वेस्टहाम युनाइटेडले बराबरी खेलेका छन् । दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लेस्टरको मैदानमा भएको खेलको १० औं मिनेटमा वेस्टहामले जारोर्ड बोएनको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । यता, ४५ औं मिनेटमा लेस्टरले पेनाल्टी पायो । योरी टिलेमान्सले सो अवसर खेर जान दिएनन् र खेललाई १-१ को बराबरीमा ल्याए ।

५७ औं मिनेटमा रिकार्डो पेरेइराले गोल गर्दै लेस्टरको अग्रता २-१ बनाए । तर, ९०ं+१ मिनेटमा डासनले गोल गर्दै वेस्टहामलाई हारबाट जोगाए । 

बराबरीसँगै २५ खेलबाट ४१ अंकसहित वेस्टहाम तालिकाको चौंथो स्थानमा रहँदा २२ खेलमा २७ अंकसहित लेस्टर ११ औं स्थानमा छ ।