२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमा भाइरल हुँदै – ‘हल्कारा’ म हेर्न जाँदै छु तपाईं नि ?’



अ+ अ-

काठमाडौँ । यहि वैशाख २९ गते अर्थात् आउँदो शुक्रबारदेखि देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘हल्कारा’को – म हेर्न जाँदै छु तपाई नि ?’ क्याम्पेनले यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय फेस्टिवलहरुमा उत्कृष्ट सावित भएको यस चलचित्रलाइ नेपाली सिने जगतमा वहुप्रतिक्षित सिनेमाको रुपमा मानिएको छ ।

प्रदर्शन अगावै प्रतिष्ठत चलचित्र महत्सवहरुमा प्रशंसा र अवार्डहरु जितेको यो चलचित्र हेर्न करिब ३ दिन मात्रै बाँकी रहँदा स्वतस्फुर्त रुपमा समाजिक सञ्जालमा पोष्टहरु देखिन थालेका छन् ।

पोखराका पत्रकार स्याम रानाले एउटा पोस्टर डिजाइन गरेर सुरु गरेको क्याम्पेनमा यतिबेला धेरै नै जोडिईसकेका छन् । पोखरा–काठमाडौं लगाएत ठाउँहरुका पत्रकार, लेखक, शिक्षक, इन्जिनियर तथा विभिन्न पेसाकर्मीहरुले आफ्नो पोष्टहरु सेयर गरिरहेका छन् ।

यद्यपि, चलचित्र कस्तो छ र कस्तो व्यपार गर्ला भन्ने हेर्न बाँकी नै छ। त्यसका लागि दर्शकले अब तिन दिन पर्खनु पर्नेछ । चलचित्रमा एक हुलाकीका माध्यमबाट देशको अर्थ राजनीतिलाई फरक तरिकाले भनिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा हुलाकी को भुमिकामा चपलिहाइट–३ र प्रसाद–२ का अभिनेता महेश त्रिपाठीको मुख्य भुमिका रहेको छ । अभिनेता त्रिपाठीले यही चलचित्रमार्फत अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । उनीसँगै छायाँकारले अवार्ड जितेपछि चलचित्रको चर्चा सुरु भएको त्रिपाठी बताउँछन् । ‘हल्कारा’लाई कालोपोथी, सेतो सूर्य, ऐना झ्यालको पुतलीको श्रेणीमा बुझिएको छ ।

चलचित्रमा हल्काराको श्रीमतीको भूमिका विनिता थापामगरले निर्वाह गरेकी छन् । रङ्गमञ्च हुँदै चलचित्रको पर्दामा आइपुगेकी अभिनेत्री थापामगरले अडिसन दिएर पात्रलाई प्राप्त गरेकी थिइन् ।

चलचित्रमा उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारले अभिनय गरेका छन् । यसको लेखक निर्देशक विक्रम सापकोटासँगै कवि विप्लव प्रतीक र आकाश बराल छन् । चिन्तन राजभण्डारी छायाँकार रहेको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् ।