३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

संलग्‍नता नभए टोपबहादुर रायमाझी किन लुकेका छन् ? सांसद यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता नभएको भए पूर्वमन्त्री टोपबहादुर रायमाझी किन लुकेर बसेको भनी प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उहाँले अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार हुँदा एमाले सचिवसमेत रहेका रायमाझीमाथि नै प्रश्न उठेको बताउनुभयो । उहाँले रायमाझी प्रहरीको सम्पर्कमा रहेको हल्ला छ भन्दै उक्त प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धालाई पनि शंकाको घेरामा पारेको उल्लेख गर्नुभयो ।

सांसद यादवले प्रहरीले पनि निष्पक्षताका साथ शंका नउठ्ने ढंगले अनुसन्धान गर्नुपर्ने बताउनुभयो । “नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई करोडौँ रकम असुल्ने मुद्दामा फरार रहनुभएका फरार माननीय टोपबहादुर रायमाझी हालसम्म पक्राउ पर्नुभएको छैन । यदि उहाँ दोषी हुनुहुन्न भने प्रहरीबाट किन लुकेर बस्नुभएको छ रु लुक्नु भनेको यस प्रकरणमा कुनै न कुनै संलग्नता भएको पुष्टि गर्दछ । उहाँका छोरा पक्राउ पर्नुले थप बल पुगेको अवस्था छ”, उहाँले भन्नुभयो ।

नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएर छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ थियो । “नभए प्रहरीको काममाथि नै हामीले प्रश्न गर्ने अवस्था सिर्जना हुन सक्छ”, उहाँले भन्नुभयो, “टोपबहादुर नेपालमै रहेको र प्रहरीसँग सम्पर्कमा रहेको समेत हल्ला चलेको छ । यसले पूरा प्रकरणको अनुसन्धानलाई नै शंकाको घेरामा ल्याउन सक्छ ।”

नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको छविलाई अन्तर्राष्ट्रिय मंचमा नै धमिलो बनाएको भन्दै उहाँले उक्त प्रकरणमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले माग गरे ।