३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

संलग्‍नता नभए टोपबहादुर रायमाझी किन लुकेका छन् ? सांसद यादव

संलग्‍नता नभए टोपबहादुर रायमाझी किन लुकेका छन् ? सांसद यादव
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता नभएको भए पूर्वमन्त्री टोपबहादुर रायमाझी किन लुकेर बसेको भनी प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उहाँले अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार हुँदा एमाले सचिवसमेत रहेका रायमाझीमाथि नै प्रश्न उठेको बताउनुभयो । उहाँले रायमाझी प्रहरीको सम्पर्कमा रहेको हल्ला छ भन्दै उक्त प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धालाई पनि शंकाको घेरामा पारेको उल्लेख गर्नुभयो ।

सांसद यादवले प्रहरीले पनि निष्पक्षताका साथ शंका नउठ्ने ढंगले अनुसन्धान गर्नुपर्ने बताउनुभयो । “नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई करोडौँ रकम असुल्ने मुद्दामा फरार रहनुभएका फरार माननीय टोपबहादुर रायमाझी हालसम्म पक्राउ पर्नुभएको छैन । यदि उहाँ दोषी हुनुहुन्न भने प्रहरीबाट किन लुकेर बस्नुभएको छ रु लुक्नु भनेको यस प्रकरणमा कुनै न कुनै संलग्नता भएको पुष्टि गर्दछ । उहाँका छोरा पक्राउ पर्नुले थप बल पुगेको अवस्था छ”, उहाँले भन्नुभयो ।

नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएर छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ थियो । “नभए प्रहरीको काममाथि नै हामीले प्रश्न गर्ने अवस्था सिर्जना हुन सक्छ”, उहाँले भन्नुभयो, “टोपबहादुर नेपालमै रहेको र प्रहरीसँग सम्पर्कमा रहेको समेत हल्ला चलेको छ । यसले पूरा प्रकरणको अनुसन्धानलाई नै शंकाको घेरामा ल्याउन सक्छ ।”

नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको छविलाई अन्तर्राष्ट्रिय मंचमा नै धमिलो बनाएको भन्दै उहाँले उक्त प्रकरणमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले माग गरे ।