९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोपबहादुरलाई ओलीको ‘झट्केलो छोरो’ भनिएकोमा रमेशजंगको स्पष्टीकरण: हराएका माननीयको खोजि गरेको हो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीप्रति भनेका शब्दहरु देशको माननीय हराएका कारण खोजि गरेको रुपमा लिन आग्रह गर्नुभएको छ ।

मंगलवार बसेको राष्ट्रिय सभाको बैठमा समय माग गरी बोल्दै उहाँले यस्तो स्पष्टीकरण दिनुभएको हो । उहाँले आफूले वैशाख २४ गतेको बैठकमा बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झट्केलो छोरोको रुमा भनेपनि आफ्नै छोरो हो भनिदिएको भए झनै राम्रो हुने रहेछ भन्दै व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले अस्ति बोल्ने क्रममा देशको माननीय हराएको र सरकारले माननीयलाई खोजिरहेको र बन्धु भएको कारणले धेरै चासो राखेको हो मैले । यो विषयमा उहाँहरुले आफ्नै सन्तान बनाउन हिजो साथीहरुले भन्नुभयो, मैले उहाँहरुको आफ्नै सन्तान हो, झट्केलो होइन भनेको भए खुशी हुनुहुन्थ्यो, त्यसकारण पनि एउटा माननीय सूचना नदिनकन, काठमाडौं आउँदै गरेको माननीय न देश भित्र न देश बाहिर जानकारी नहुँदा खोजि गरेको हो । यसमा उहाँहरुले आपत्ति जनाउनु भयो, यसमा हाम्रै सन्तान हो भनेकोमा धन्यवाद छ ।’
राष्ट्रिय सभा सदस्य रायमाझीले सांसद रायमाझीलाई प्रतिपक्षले आफ्नै छोरो बनाएको बताउनु भयो ।