५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप पाकिस्तानबाट सर्दै, श्रीलंकामा हुने सम्भावना



अ+ अ-

एजेन्सी । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कप पाकिस्तानबाट सार्ने तयारी गरेसँगै श्रीलंकाले आयोजना गर्ने सम्भावना छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बीसीसीआई सचिव जय शाहले भारतीय टोलीले सीमापार यात्रा नगर्ने बताएपछि प्रतियोगिता पाकिस्तानबाट सार्न लागेको हो । यद्यपी यसको औपचारीक घोषणा भने भईसकेको छैन ।

श्रीलंका, बंगलादेश र अफगानिस्तानले प्रतियोगिता आयोजना गर्न रुचि देखाएकोले प्रतियोगिताको लागि अन्तिम निर्णय यसै महिनाको अन्त्यमा हुने बताईएको छ । प्रतियोगिता यी तीन देश मध्ये एक स्थानमा हुने छ । श्रीलंका हुने बढि सम्भाबना देखिएको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले टूर्नामेंट घरमै राख्न चासो देखाएको छ। तर, बीसीसीआईले एसीसीका अन्य सदस्य राष्ट्रहरूबाट समर्थन खोजेको छ। बीसीसीआईले प्रतियोगिताका लागि पाकिस्तान जान अस्वीकार गरेपछि पीसीबीले एसिया कप आयोजना गर्न हाइब्रिड मोडल प्रस्ताव गरेको थियो जहाँ भारतका खेलहरू मात्र दुबईमा आयोजना हुने भनिएको थियो। तर, पीसीबीको उक्त प्रस्ताव स्वीकार नहुने देखिएको छ ।

एसीसी सदस्यहरुको भर्खरै भएको अनौपचारिक बैठकमा ओमानले पनि प्रतियोगिता आयोजना गर्न प्रस्ताव गरेको बुझिए पनि परिस्थितिलाई ध्यानमा राख्दै श्रीलंकालाई आदर्श गन्तव्य मानिएको छ ।

यसअघि यो प्रतियोगिता पाकिस्तानमा सेप्टेम्बर २ देखि१७ तारिखसम्म हुने तय भएको थियो। तर, अन्योलपूर्ण बनेको थियो।

प्रतियोगितामा पाँच टेस्ट टोली भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसहित नेपालले प्रतिस्पर्धा गर्दैछन्। नेपालले पहिलो चरणमै भारत र पाकिस्तानसँग खेल्ने छ।