२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप पाकिस्तानबाट सर्दै, श्रीलंकामा हुने सम्भावना



अ+ अ-

एजेन्सी । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कप पाकिस्तानबाट सार्ने तयारी गरेसँगै श्रीलंकाले आयोजना गर्ने सम्भावना छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बीसीसीआई सचिव जय शाहले भारतीय टोलीले सीमापार यात्रा नगर्ने बताएपछि प्रतियोगिता पाकिस्तानबाट सार्न लागेको हो । यद्यपी यसको औपचारीक घोषणा भने भईसकेको छैन ।

श्रीलंका, बंगलादेश र अफगानिस्तानले प्रतियोगिता आयोजना गर्न रुचि देखाएकोले प्रतियोगिताको लागि अन्तिम निर्णय यसै महिनाको अन्त्यमा हुने बताईएको छ । प्रतियोगिता यी तीन देश मध्ये एक स्थानमा हुने छ । श्रीलंका हुने बढि सम्भाबना देखिएको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले टूर्नामेंट घरमै राख्न चासो देखाएको छ। तर, बीसीसीआईले एसीसीका अन्य सदस्य राष्ट्रहरूबाट समर्थन खोजेको छ। बीसीसीआईले प्रतियोगिताका लागि पाकिस्तान जान अस्वीकार गरेपछि पीसीबीले एसिया कप आयोजना गर्न हाइब्रिड मोडल प्रस्ताव गरेको थियो जहाँ भारतका खेलहरू मात्र दुबईमा आयोजना हुने भनिएको थियो। तर, पीसीबीको उक्त प्रस्ताव स्वीकार नहुने देखिएको छ ।

एसीसी सदस्यहरुको भर्खरै भएको अनौपचारिक बैठकमा ओमानले पनि प्रतियोगिता आयोजना गर्न प्रस्ताव गरेको बुझिए पनि परिस्थितिलाई ध्यानमा राख्दै श्रीलंकालाई आदर्श गन्तव्य मानिएको छ ।

यसअघि यो प्रतियोगिता पाकिस्तानमा सेप्टेम्बर २ देखि१७ तारिखसम्म हुने तय भएको थियो। तर, अन्योलपूर्ण बनेको थियो।

प्रतियोगितामा पाँच टेस्ट टोली भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसहित नेपालले प्रतिस्पर्धा गर्दैछन्। नेपालले पहिलो चरणमै भारत र पाकिस्तानसँग खेल्ने छ।