१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको सचिवालय बैठक बस्दै



file
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आसन्न केन्द्रीय कमिटीको बैठकका एजेन्डामा छलफल गरिने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

एमालेको केन्द्रीय समितिको बैठक यही वैशाख २८ गतेदेखि सुरु हुँदैछ । बैठकमा गत मंसिरमा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रासरुटको समीक्षालगायतका एजेन्डा आगामी बैठकमा छलफल हुने बताइएको छ ।