• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

गोलको वर्षा भएको रोमाञ्चक खेलमा फुलहमले लेस्टर सिटीलाई हरायो



एजेन्सी । इंगिलस प्रिमियर लिग फुटबल अन्तर्गत गोलको वर्षा भएको खेलमा फुलहमले जित निकालेको छ । गएराति भएको खेलमा फुलहमले लेस्टर सिटीलाई ५–३ गोलले पराजित गरेको हो ।

फुलहमलाई घरेलु मैदानमा जित दिलाउन विलियन र टम कायर्नीले दुई–दुई गोल गरे भने कार्लोस भिनिसियसले एक गोल थपे । लेस्टरका हार्भी बान्र्सले दुई तथा जेम्स म्याडिसनले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यो नतिजासँगै फुलहम ३५ खेलबाट ४८ अंकका साथ तालिकाको १० औं स्थानमा छ । यस्तै समान खेलबाट ३० अंकका साथ लेस्टर सिटी भने १८ औं स्थान (रेलिगेशन जोन)मा छ ।