५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टनले ब्राइटनलाई उसकै मैदानमा ५–१ ले हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एभर्टनले सानदार जित निकालेको छ । गएराति भएको खेलमा एभर्टनले ब्राइटनलाई उसकै मैदानमा ५–१ गोलले पराजित गरेको हो ।

एभर्टनलाई फराकिलो जित दिलाउन एव्डोलाए डोउकोरे र ड्वाइट एमसीनेलले दुई–दुई गोल गरे । एक गोल भने एभर्टनले उपहारस्वरुप पायो । ब्राइटनका जासन स्टीलेले ३५ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । एमसीनेले क्रस गरेको बल ब्राइटनका किपर जासनको खुट्टामा लागेर गोल हुन पुगेको थियो ।  ७९ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले ब्राइटनका लागि एकमात्र सान्त्वना गोल गरे ।

खेलको पहिलो मिनेटमा नै डोउकोरेले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा उनले नै गोल थपे । एमसीनेलले भने ७६ औं र ९०.६ औं मिनेटमा गोल गरेका हुन् ।

यो नतिजासँगै ३३ खेलबाट ५५ अंकका साथ ब्राइटन तालिकाको सातौं स्थानमा छ । एभर्टन ३५ खेलबाट ३२ अकका साथ १७ औं स्थानमा छ ।