१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन सम्मेलनमा भाग लिन उपप्रमुख डंगोल चीन प्रस्थान



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल छाङ्सा फ्राग्रान्ट टुरिजम समिटमा भाग लिन आज चीन प्रस्थान गर्नुभएको छ ।

सम्मेलन भोलिदेखि शुक्रबारसम्म चल्नेछ । सम्मेलनका लागि वल्र्ड टुरिजम सिटीज फेडेसेसन (डब्लुटीसीएफ) को निमन्त्रणा गरेको हो । ४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ सिचुवान एअरलाइन्सबाट प्रस्थान गर्नुभएको हो ।

उहाँसँग कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जन, प्रमुखको सचिवालय प्रमुख नुरनिधि न्यौपाने र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख सुदर्शन भट्टराई हुनुहुन्छ । कार्यभार सम्हालेपछि उपप्रमुख डंगोलको यो पहिलो अन्तरराष्ट्रिय भ्रमण हो ।

सम्मेलनमा पर्यटनका आपसी हित र सीप, क्षमता विकास, सिकाइ तथा अनुभव आदान प्रदान हुनेछन् । सहरी पर्यटन, कोविडपछिको पर्यटन पुनःस्थापना, मेयर्स डाइलग, पर्यटन विकासका नयाँ सूचक, सांस्कृतिक पर्यटन लगायतका विषयमा प्रस्तुतिकरण, छलफल, स्थलगत अवलोकन भ्रमणसहित कार्यक्रम सम्मेलनको तालिकामा राखिएका छन् । बिजनेस टु बिजनेस ९बीटुबी०, पर्यटन व्यापार, पर्यटनमा लगानीमा विषयमा अन्तरक्रिया र छलफल हुनेछ । बुधबार उपप्रमुख डंगोलले सम्मेलनमा काठमाडौँको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जनाका विषयमा प्रस्तुतिकरण गर्नुहुनेछ । पर्यटन पूर्वाधार र महानगरको अनुभवका विषय प्रस्तुतिकरणमा समेटिनेछन् ।

सम्मेलनबाट प्राप्त हुने प्रतिवेदनबाट पर्यटन उद्योगको विश्वव्यापी, क्षेत्रीय, राष्ट्रिय तथा सहर स्तरीय परिप्रेक्ष्य निर्धारण हुनेछन् । सम्मेलनले पर्यटन विकासका मूख्य ५ विशेषता निर्धारण गर्नेछ । विकास ढाँचामा आएको परिवर्तन र पर्यटन, पर्यटकीय दृष्टिले महत्वपूर्ण देश तथा सहरका विशिष्ट विशेषता थाहा पाउनु सम्मेलनबाट अपेक्षा गरिएको नतिजा हो ।

सम्मेलनको नारा ‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ राखिएको छ ।

बेइजिङको पहलमा बनेको विश्व पर्यटन सहर महासंघ सहरहरूमा केन्द्रीत विश्वको पहिलो अन्तर्राष्ट्रिय पर्यटन संगठन हो । पर्यटनबाट सहरी अर्थतन्त्रमा योगदान गर्नु, सहरी पर्यटन उद्योगबाट सहरी गतिविधिलाई जीवन्त बनाउनु यसको दृष्टिकोण हो । अर्थतन्त्रको स्वस्थ्य प्रगतिका लागि विश्व पर्यटनको योगदान ठूलो रहन्छ । यसलाई योगदान पु¥याउने अनुसन्धान र निष्कर्ष संगठनका क्रियाकलाप हुन् ।

उपप्रमुख शनिवार स्वदेश फर्कनुहुनेछ ।