३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पर्यटन सम्मेलनमा भाग लिन उपप्रमुख डंगोल चीन प्रस्थान

पर्यटन सम्मेलनमा भाग लिन उपप्रमुख डंगोल चीन प्रस्थान
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल छाङ्सा फ्राग्रान्ट टुरिजम समिटमा भाग लिन आज चीन प्रस्थान गर्नुभएको छ ।

सम्मेलन भोलिदेखि शुक्रबारसम्म चल्नेछ । सम्मेलनका लागि वल्र्ड टुरिजम सिटीज फेडेसेसन (डब्लुटीसीएफ) को निमन्त्रणा गरेको हो । ४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ सिचुवान एअरलाइन्सबाट प्रस्थान गर्नुभएको हो ।

उहाँसँग कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जन, प्रमुखको सचिवालय प्रमुख नुरनिधि न्यौपाने र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख सुदर्शन भट्टराई हुनुहुन्छ । कार्यभार सम्हालेपछि उपप्रमुख डंगोलको यो पहिलो अन्तरराष्ट्रिय भ्रमण हो ।

सम्मेलनमा पर्यटनका आपसी हित र सीप, क्षमता विकास, सिकाइ तथा अनुभव आदान प्रदान हुनेछन् । सहरी पर्यटन, कोविडपछिको पर्यटन पुनःस्थापना, मेयर्स डाइलग, पर्यटन विकासका नयाँ सूचक, सांस्कृतिक पर्यटन लगायतका विषयमा प्रस्तुतिकरण, छलफल, स्थलगत अवलोकन भ्रमणसहित कार्यक्रम सम्मेलनको तालिकामा राखिएका छन् । बिजनेस टु बिजनेस ९बीटुबी०, पर्यटन व्यापार, पर्यटनमा लगानीमा विषयमा अन्तरक्रिया र छलफल हुनेछ । बुधबार उपप्रमुख डंगोलले सम्मेलनमा काठमाडौँको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जनाका विषयमा प्रस्तुतिकरण गर्नुहुनेछ । पर्यटन पूर्वाधार र महानगरको अनुभवका विषय प्रस्तुतिकरणमा समेटिनेछन् ।

सम्मेलनबाट प्राप्त हुने प्रतिवेदनबाट पर्यटन उद्योगको विश्वव्यापी, क्षेत्रीय, राष्ट्रिय तथा सहर स्तरीय परिप्रेक्ष्य निर्धारण हुनेछन् । सम्मेलनले पर्यटन विकासका मूख्य ५ विशेषता निर्धारण गर्नेछ । विकास ढाँचामा आएको परिवर्तन र पर्यटन, पर्यटकीय दृष्टिले महत्वपूर्ण देश तथा सहरका विशिष्ट विशेषता थाहा पाउनु सम्मेलनबाट अपेक्षा गरिएको नतिजा हो ।

सम्मेलनको नारा ‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ राखिएको छ ।

बेइजिङको पहलमा बनेको विश्व पर्यटन सहर महासंघ सहरहरूमा केन्द्रीत विश्वको पहिलो अन्तर्राष्ट्रिय पर्यटन संगठन हो । पर्यटनबाट सहरी अर्थतन्त्रमा योगदान गर्नु, सहरी पर्यटन उद्योगबाट सहरी गतिविधिलाई जीवन्त बनाउनु यसको दृष्टिकोण हो । अर्थतन्त्रको स्वस्थ्य प्रगतिका लागि विश्व पर्यटनको योगदान ठूलो रहन्छ । यसलाई योगदान पु¥याउने अनुसन्धान र निष्कर्ष संगठनका क्रियाकलाप हुन् ।

उपप्रमुख शनिवार स्वदेश फर्कनुहुनेछ ।