३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आ.व. २०८०/८१ मा बजेटको सिलिङ नघटाऔँ: सांसद पौडेल

आ.व. २०८०/८१ मा बजेटको सिलिङ नघटाऔँ: सांसद पौडेल
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आगामी आ.व.२०८०/८१ मा बजेटको सिलिङ नघटाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा आ.व. २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै सांसद पौडेलले बजेटको सिलिङ नघटाउन आग्रह गर्नुभएको हो । उहाँले करको दायरामा वृद्धि गरेर र सहुलियतमा ऋण लिएर भएपनि बजेटको सिलिङ घटाउनु नहुने बताउनु भयो । उहाँले वैदेशिक अनुदान लिने, बेरुजुलाई नियमन गर्ने र भ्रष्टाचारलाई नियन्त्रण गरेर अर्थ प्रणालीलाई सुधार्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘बजेटको सिलिङ निकै घटाउनेतिर नसोच्नको निम्ति म सुझाव दिन चाहन्छु । खोजौँ, बरु करको दायराहरुलाई वृद्धि गरौँ । सफ्ट लोनमा वैदेशिक अनुदान लिनेकुरा अघि भियतनामको कुरा सुनाउनुभयो । संसारमा प्रगति गर्ने देशहरुले अरु देशबाट सफ्ट लोनमा व्यवस्था गरेर देशलाई अगाडी बढाएको हामी पाउँछौँ । डराउनु हुँदैन । त्यसकारणले वैदेशिक अनुदान ल्याउने कुरा, करको दायरा बढाउने कुरा, कतिपय अप्ठ्यारोमा परेर अल्झेका करहरुलाई, बेरुजुहरुलाई नियमन गर्नेकुरा, भ्रष्टाचारलाई न्युनिकरण गर्ने कुरा, र अर्थप्रणाीलाई सुधार्ने कुरातिर हामी गयौँ भनेदेखि एक खर्ब भन्नेकुरा ठूलो होइन ।’

‘मैले सुनेको गत वर्षभन्दा १ खर्बभन्दा कममा बजेट आउँदैछ, मन्त्रीज्युहरुले हामी जाँदाखेरी पैसा छैन मात्रै भन्नुहुन्छ । अर्थमन्त्रीज्युलाई मेरो अनुरोध के छ भने तपाईले आँट गर्नुस् । संसारभरीका सम्भावना भएका खोजौँ । नेपाल भित्रका सम्भावना पनि हामीले खोजौँ । त्यसो गरियो भने सम्भव छ ।’

सांसद पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा दुई, दुईवटा भएपनि राम्रो काम अगाडी बढाउनुपर्ने बताउनु भयो । उहाँले ठुला ठुला टावर र भौतिक पूर्वाधार निर्माण गर्नुभन्दा जनताले प्रत्यक्ष अनुभुत गर्नेखालका काम हुनुपर्ने बताउनु भयो ।