३१ जेष्ठ २०८३, आईतवार
,
Latest
असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरले आजदेखि तार व्यवस्थापन गर्दै



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि अव्यवस्थित तार व्यवस्थापन गर्ने भएको छ । महानगरका हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार पहिलो चरणमा माइतिघरदेखि नयाँ बानेश्वर हुँदै विमानस्थल र न्यूरोडलदेखि वसन्तपुर हुँदै असनसम्म तार व्यवस्थापन गरिनेछ ।

तार व्यवस्थापन गर्दा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहनेछन् । सेवा प्रदायकले आफ्नो तारमा चिन्ह लगाउने र चिन्ह नलगाएका तार काटिए स्वयम संस्था नै जिम्मेवार हुने महानगरको भनाइ छ ।