• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

वेस्टहामसँग हार्यो म्यान्चेस्टर युनाइटेड



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । आइतबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड वेस्टहाम युनाइटेडसँग १–० गोलले स्तब्ध बनेको हो ।

घरेलु मैदानमा वेस्टहामलाई जित दिलाउन एकमात्र निर्णायक गोल सेड बेनराहमाले गरे । उनले खेलको २७ औं मिनेटमा गोल गरेका हुन् ।

यो नतिजासँगै म्यान्चेस्टर युनाइटेड ३४ खेलबाट ६३ अंकका साथ तालिकाको चौंथो स्थानमा रहँदा वेस्टहाम ३५ खेलबाट ३७ अंकका साथ १५ औं स्थानमा छ ।