• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

न्युक्यासलविरुद्ध आर्सनल विजयी, उपाधि आशा जिवितै



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले न्युक्यासल युनाइटेडलाई उसकै घरेलु मैदान जेम्स पार्कमा २–० गोेलले पराजित गरेको हो ।

रोमाञ्चक बनेको खेलमा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्डले एक गोल गरे भने अर्को गोल न्युक्यासलका फावियन सेहारले आत्मघाती गोल गरे ।

खेलको १४ औं मिनेटमा ओडेगार्डले डी–बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै पाहुना टोली आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । उनलाई जर्जिन्होले पास उपलब्ध गराए ।

यस्तै ७१ औं मिनेटमा आर्सनलका गाब्रियल मार्टिनेलीले सशक्त क्रस गरेको बल सेहरको खुट्टामा लागेर गोल हुन पुग्यो । जितसँगै आर्सनलले उपाधिको आशा जिवितै राखेको छ ।

३५ खेलबाट ८१ अंकका साथ आर्सनल दोस्रो स्थानमा छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ८२ अंक छ । यस्तै, न्युक्यासल ३४ खेलबाट ६५ अंकका साथ तेस्रो स्थानमा छ ।