११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले के भने ?

प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले के भने ?
file
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेका छन् ।

आईतबार प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गर्नेहरु को–को हुन् भन्ने कुरा सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताउनु भयो । त्यस्तै उहाँले सरकारले पुनः विश्वासको मत लिनुपर्ने बताउनु भयो । सांसद सुवालले वर्तमान राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गर्न नपाउने पनि बताउनु भयो ।

त्यस्तै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री चोखो हुन नसक्ने बताउनु भयो । उहाँले सो प्रकरणमा कर्मचारी थुनामा जाने तर राजनीतिक व्यक्ति उम्किने खेल हुनसक्ने भन्दै राजनीतिक व्यक्तिलाई उम्काने कुुरा संसद र जनताले स्वीकार नगर्ने बताउनु भयो । उहाँले सबै प्रकारको भ्रष्टाचारको अधिकार सम्पन्न छानविन आयोग बनाएर छानविन गर्नुपर्ने बताउनु भयो ।

नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले नक्कली भुटानी शरणार्थी प्रकरण नयाँ विषय नभएको बताउनु भयो । उहाँले एमालेले सोही विषय यस अघि नै राष्ट्रिय सभा बैठकमा उठाएको भन्दै स्मरण गराउनु भयो । उहाँले एमाले भ्रष्टाचार र अनियमिततालाई छानबिनको दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा रहेको भन्दै सुशासनको पक्षमा दृढतापूर्वक उभिएको बताउनु भयो । उहाँले वाइडबडी काण्ड, बासबारी जग्गा घोटाला काण्ड, मातातीर्थ जग्गा काण्ड, लडाकु शिविरको घोटाला, बजेट निर्माणमा अनाधिकृत व्यक्तिहरुको प्रवेश लगायतको विषयमा पनि छानविन गर्न प्रधानमन्त्रीलाई चुनौति दिनुभयो ।

एमाले सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको सत्ता पक्षीय व्यक्तिहरुलाई उन्मुक्ति दिने दुषित मनशाय देखिएको बताउनु भयो । उहाँले आरोपितहरुको बयान लुकाउन लागिएको भन्दै छानबिन पारदर्शी तरिकाले छानबिन गर्न माग गर्नुभयो ।

त्यसैगरी एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले आफूलाई दबाब आएको भन्ने अभिव्यक्ति सार्वजनिक गरेको भन्दै कसको दबाब हो भन्नेकुरा स्पष्ट भन्न आग्रह गर्नुभयो । उहाँले क्यान्टनमेन्टको अर्बौँ भ्रष्टाचार र कमानसिंह लामा ठगि प्रकरणको छानविन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले नागरिकलाई विदेशिन नागरिकता त्याग्न समेत बाध्य पार्ने राजनीतिक दलहरु भएको भन्दै शरणार्थी बन्न बाध्य पार्नेहरुलाई कारबाहीको माग गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रतिपक्ष दलहरुलाई नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गर्नुभयो । उहाँले आरोपित एमालेका सचिव टोपबहादुर रायमाझिलाई कानूनी दायरामा बुझाउन पनि आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले नेपाली राजनीतिमा जो बदमाश गर्छ उसैले बढी डकार गर्छ भन्नेजस्तो अवस्था आएको टिप्पणी गर्नुभयो । उहाँले आफ्नो मान्छे दोषि देखिने भएपछि बचाउनका लागि प्रधानमन्त्री समक्ष म्याउम्याउ गरिएको बताउनु भयो ।

नेकपा(एमाले)का सांसद रघुजी पन्तले सत्तारुढ दलले नागरिकता विधेयकलाई प्रमाणिकरण गर्न राष्ट्रपतिलाई दबाब दिइएको भन्दै त्यसको बिरोध गर्नुभयो । नागरिकता विधेयक संसदमा पेश हुनुपर्ने उहाँले बताउनु भयो । नागरिकता विधेयक संवैधानिक प्रक्रिया र अभ्यास बिरुद्ध जारी गरे एमालेलाई स्वीकार्य नहुने उहाँले बताउनु भयो ।

जनमत पार्टीकी सांसद अनिता देवीले कार्यव्यवस्था परामर्श समितिमा एउटा कुरा र संसद बैठकमा आउँदा अर्कै कुरा भएको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले नागरिकता हुनेहरु नागरिकता त्यागेर शरणार्थी हुन जाने भन्दै नागरिकता नहुनेहरुलाई चाहीँ कहाँ पु¥याउने भनेर प्रश्न गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद सुनिलकुमार शर्माले थुनामा रहेका आरोपितहरुलाई सरकारी वकिलका अगाडी बयान फेर्न दबाब दिइएको बताउनु भयो । उहाँले थुनामा रहेका दुई जनालाई संसदमा ल्याएर बयान गराउनुपर्ने माग राख्नुभयो ।

नेपाली काँग्रेसकी सांसद सरिता प्रसाईंले संसदमा पक्ष र विपक्ष भएर भ्रष्टाचारीलाई जोगाउन नपाइने धारणा राख्नुभयो ।

जनता समाजवादी पार्टीकी सांसद रञ्जु कुमारी झाले संसदभित्रै मानव तस्करहरु भएको भन्दै दुख व्यक्त गर्नुभयो । उहाँले पक्ष र विपक्षमा विभक्त भएर भ्रष्टाचारीलाई उन्मुक्ति दिन नसकिने बताउनु भयो । उहाँले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली काँग्रेसकी सांसद आरजु राणाले आफ्नो परिवारको सम्पती विवरण सरकारसँग सुरक्षित रहेको भन्दै सम्पति विवरण सार्वजनिक गर्न माग गर्नुभयो । त्यस्तै सबै सांसदहरुको सम्पती विवरण प्रकाशित हुनुपर्ने उहाँले बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विगत ३३ वर्षदेखिको भ्रष्टाचार आयोग बनाएर छानबिन गर्नुपर्ने बताउनु भयो ।

नेकपा–एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन सरकारले नै अपराधिक काम गरेको भन्दै तत्कालिन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले संसदमा सत्तापक्ष र विपक्षीले भ्रष्टाचारको मात्रै कुरा गरिरहेको भन्दै गणतन्त्र यही दिनका लागि ल्याएको हो ? भनि प्रश्न गर्नुभयो ।

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने धारणा राख्नुभयो ।

बैठकको शुरुमै सांसदहरुले आफू बोल्न पाउनुपर्ने भन्दै हात उठाएपछि बैठक एकछिन प्रभावित भएको थियो । प्रतिनिधि सभाको अर्को बैठक २०८० बैशाख २५ गते सोमवार बिहान ११ बजेका लागि बोलाइएको छ ।