३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

शहीद स्मारक ‘ए’ डिभिजनः मच्छिन्द्रको जित

शहीद स्मारक ‘ए’ डिभिजनः मच्छिन्द्रको जित
अ+ अ-

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आईतवार साविक विजेता मच्छिन्द्र क्लवले विभागीय टोली नेपाल एपिएफ फुटबल क्लवमाथि २–१ को रोमाञ्चक जित निकाल्दा अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लव संकटासँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिष्पर्धामा आईतवार सम्पन्न खेलमा मच्छिन्द्रले एपिएफले लिएको अग्रतालाई उल्टाउँदै तालिकामा स्पष्ट तीन अंक जोड्न सफल भएको हो । प्रतिष्पर्धात्मक खेलको ३६ औं मिनेटमा अर्मान्ड विडोमले एपिएफलाई अग्रता दिलाएका थिए । विडोमले विकी तामाङले उपलब्ध गराएको बललाई गोलमा परिणत गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा ओमोलाजा करिमले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै मच्छिन्द्रलाई बराबरीमा ल्याएपछि दोस्रो हाफ थप रोमाञ्चक भएको थियो । दोस्रो हाफमा दुवै टोलीले अगाडि बढेर खेल्दै केही राम्रा अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । खेलको इन्जुरी समयमा ओलावाले अफिजले गोल गर्दै मच्छिन्द्रलाई २–१ को रोमाञ्चक जित दिलाए । अफिजले पेनाल्टी क्षेत्र बाहिबाट उत्कृष्ट गोल गरेका थिए ।

यसअघि २५ औं मिनेटमा पुजन उपरकोटीको प्रहारलाई एपिएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाएका थिए । ६७ औं मिनेटमा नविन लामाको कर्नर प्रहारलाई मच्छिन्द्रका गोलकिपर विशालले श्रेष्ठले पन्च गर्दै टोलीको संकट टारे । ७२औं मिनेटमा एपिएफका नविनको प्रहारमा मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गर्दै प्रयासलाई विफल बनाउन सफल भए । यसअघि पहिलो लेगमा एपिएफ १–०ले विजयी भएको थियो । जितसँगै मच्छिन्द्र १५ खेलमा ६ जित,६ बराबरी र तीन हारको नितजासहित २४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । यो दोस्रो स्थानमा रहेको जावलाखेल र तेस्रो स्थानमा रहेको थ्री स्टारसँग बराबरी अंक हो । पराजय व्यहोरेको एपिएफ समान खेलमा पाँच जित, चार बराबरी र ६ हारको नतिजासहित १९ अंक जोडेर नवौं स्थानमा छ ।

लिग अन्तर्गत आईतवार नै भएको अर्को खेलमा त्रिभुवन आर्मीले शुरुवाती अग्रतालाई जोगाउन नसक्दा संकटा क्लवसँग अंक बाँड्न बाध्य भएको हो । अन्तिम समयमा सम्हालिन नसक्दा विभागीय आर्मीले संकटा बाँडेको हो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलको १८औं मिनेटमा भरत खवासको थु्र बललाई नवयुग श्रेष्ठले सदुपयोग गर्न सफल भएका थिए । इन्जुरी समयमा भरत चौधरीले जुनियर एन्कुंगेलाई पेनाल्टी बक्सभित्र लडाएपछि संकटाले पेनाल्टी पाएको थियो । जसलाई लेबनानी फरवार्ड युसुफ आट्रिषले सदुपयोग गर्दै खेल बराबरीको अवस्थामा ल्याउँदा आर्मीले तीन अंक जोड्न चुकेको हो । यसअघि पहिलो लेगमा दुई टोलीबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

बराबरीसँगै आर्मीले पाँचौं स्थानमा रहेको सातदोबाटोसँग अंक बराबरी गर्ने अवसबरबाट चुकेको छ । बराबरी पछि आर्मी १५ खेलबाट २१ अंक जोड्दै छैटौं स्थानमा यथावत छ । १७ अंक जोड्दै संकटा रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ ।

लिगमा सोमवार दुई खेल हुनेछन् । दिनको पहिलो खेल च्यासल मैदानमा फ्रेण्ड्स क्लव र खुमलटार युथ क्लव तथा दोस्रो खेल एन्फा मुख्यालयमा नेपाल पुलिस क्लव र मनाङ मस्र्याङ्दी फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ ।