७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाइनु हुन्न: नेता रायमाझी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेशजङ्ग रायमाझीले एउटै मान्छे पटकपटक मन्त्री हुन खोज्ने प्रवृत्ति नक्कली भूटानी शरणार्थी प्रकरणले स्पष्ट गरेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजदेखि सुरु भएको चौधौँ अधिवेशनको पहिलो बैठकमा भाग लिँदै उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणले सबै नेपालीलाई कलङ्कित तुल्याएको उल्लेख गर्नुभयो ।

उक्त गिरोहले केही वर्षअघि आफूसँग भेटेर गृहमन्त्रीलाई भेटाइदिन आग्रह गरेको घटना सुनाउँदै उहाँले नक्कली शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि छाड्न नहुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “नक्कली शरणार्थीका प्रकरणमा कुनै नेतालाई बचाउने कार्यमा लाग्न हुन्न, यस्ता कलङ्कलाई निस्तेज तुल्याउनुपर्छ ।” त्यसबेला आफूले प्राप्त सूचनाअनुसार तीन हजारदेखि सात हजार व्यक्तिलाई अमेरिका पठाउने खेल भएको हल्ला रहेको उहाँको बैठकलाई जानकारी दिनुभयो ।

नेता रायमाझीले भन्नुभयो, “वर्तमान सरकारले सुरु गरेका काम र अभियानले जनतामा आशाको किरण पलाएको छ, यो अधिवेशनमा नयाँ ऐन बनाउन सक्छ । देश र जनतालाई देश र जनताको भलो हुने कार्य गरेमा अर्को पटक जनताले प्रतिपक्षलाई राज्यको कार्यभार सुम्पन्छन् ।”

काम गर्ने व्यक्तिका लागि कुनै मन्त्रालय सानो र ठूलो नहुने बताउँदै उहाँले राजनीतिक भागबन्डाका आधारमा मन्त्रालयको जिम्मेवारी दिने प्रवृत्ति सुधार्न आवश्यक रहेको बताउनुभयो । रासस