• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

‘प्रधानमन्त्रीज्यू तपाईले देखाउने भनेको फिल्म हेर्न टिकट काटेर बसेका छौँ फिल्म देखाउनुस्’



काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारमा मुछिएकाहरुको छानबिन गर्न एमाले एकतावद्ध हुने बताएका छन् ।

आइतबारको संसद बैठलाई सम्बोधन गर्दै गिरीले यस्तो बताएका हुन् ।

उनले भने‘जुनसुकै क्षेत्रमा भएका भ्रष्टाचार, अनियमितता छन्, कानूनलाई नियन्त्रणमा लिने विषयहरुलाई छानबिनको दायरामा ल्याउनुपर्छ । कानूनको दायरामा ल्याउनुपर्छ भन्नेमा एमाले दृढ छ । प्रधानमन्त्रीज्यूले भ्रष्टाचारका सवालमा यो ट्रेलरमात्रै हो फिल्म त आउन बाँकी नै छ भने बाहिर भन्दै हिँड्नुभएको छ । प्रधानमन्त्रीज्यू हामी फिल्म हेर्नका निम्ती आतुर छौं । हामी तपाईले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ, फिल्म देखाउनुस् ।’

प्रमुख सचेकत गिरीले अगाडि भने – ‘हामीलाई विश्वास छ, वाइडवडी घोटाला काण्ड, बाँसवारी जग्गा घोटाला, बालमन्दिर जग्गा घोटाला काण्ड, यति, ओम्नी काण्ड, लडाकु सिविरका घोटाला काण्ड, सिसिटीभी फुटेज सबै यो अधिवेशनमा गम्भीरताका साथ छलफल गरौं । यस्ता काण्डमा मुछिएकालाई एक–एक गरेर हामीले कारबाही गर्नुपर्छ । यसमा एमाले एकतावद्ध हुन्छ ।’