२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन काठमाडौं आईपुगे बलिउड स्टार आमिर खान ?



अ+ अ-

काठमाडौं । बलिउड स्टार आमिर खान काठमाडौं आएका छन् ।

अभिनेता खान काठमाडौंको बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा १० दिन ध्यानमा बस्ने उद्देश्यले नेपाल आएका हुन् ।

आइतबार बिहान १० बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका खानलाई पूर्व अर्थ राज्यमन्त्री एवं व्यवसायी रुप ज्योतिले स्वागत गरेका थिए । रुप ज्योति हाल विपस्यना ध्यान केन्द्रका केन्द्राचार्य पनि हुन् ।

ज्योतिले अभिनेता खान ध्यानका लागि नेपाल आएको र उनको अन्य कार्यक्रम भने नरहेको जनाए ।

खान विमानस्थलबाट सोझै बूढानीलकण्ठतर्फ लागेका थिए । यसअघि सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा आमिर काठमाडौं आएका थिए ।