• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

गण्डकी प्रदेश कांग्रेस प्रमुख सचेतकमा न्यौपाने नियुक्त



पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने नियुक्त भएका छन् ।

कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यौपानेलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।

उनी गोरखा १ (२) बाट प्रदेशसभामामा निर्वाचित सांसद हुन् । उनलाई दलको विधान २०७४ को धारा (११) को उपधारा (१ )बमोजिम प्रमुख सचेतकमा मनोनीत गरिएको हो ।