९ मंसिर २०८१, आईतवार
,
Latest
पाकिस्तानमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा ८२ जनाको मृत्यु ‘स्त्री २’ को सफलतापछि राजकुमार रावले आफ्नो पारिश्रमिक बढाए ! मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध सरकारसँग व्यपारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस् कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित अध्यक्ष दाहालद्वारा राईप्रति श्रद्धाञ्जली अर्पण ५ महिना नपुग्दै प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा ‘विनियोजित बजेट संघीय प्रणालीअनुसार खर्च नभएसम्म पुँजीगत खर्च वृद्धि हुँँदैन’ गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु एसिसी यू–१९ एसिया कपका लागि हेमन्त धामीको कप्तानीमा नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई आर्थिक संकटबाट जोगाउन भन्सारका दररेट बदलौँ : महासचिव पोखरेल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई आर्थिक संकटबाट जोगाउन आयातमुखी नीति र भन्सारका दररेट बदल्न सरकारलाई सुझाव दिनुभएको छ ।

सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेको भन्दै उहाँले मुलुकलाई आर्थिक संकटवाट जोगाउने हो भने आयतमुखी नीति र भन्सारका दररेटलाई बदलेर उत्पादनशील क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेृ बताउनुभयो ।

‘आर्थिक संकटको समयमा केही व्यापारिक घरनाको सम्पत्ति अस्वभाविक रुपमा बढ्ने र आम जनता आर्थिक मन्दीको शिकार हुनुको कारण नीतिगत विचलनका माध्यमवाट दलाल नोकरशाही पूँजीवादको वर्चश्व कायम हुदै जानु हो’, उहाँले भन्नुभयो ।

उहाँले उत्पादनशील क्षेत्रको विकासवाट नै ठूलो संख्यामा रोजगारीका अवसर सिर्जना हुने र राष्ट्रिय अर्थतन्त्र बलियो बन्ने बताउनुभयो ।