• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

लिड्स युनाइटेडलाई हराउँदै म्यान्चेस्टर सिटीले आर्सनलसँगको अंक दुरी बढायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले लिड्स युनाईटेडलाई २–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन दुबै गोल इल्काए गुन्डोवानले गरे । लिड्सका रोड्रिगो मोरेनोले एक गोल फर्काए ।

खेलको १९ औं मिनेटमा गुन्डोवानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । २७ औं मिनेटमा गोल थप्दै गुन्डोवानले सिटीको अग्रता दोब्बर पारे । ८५ औं मिनेटमा मोरेनोले गोल गरेपनि उनको गोल सान्त्वना गोल हुन पुग्यो ।

खेलको ८४ औं मिनेटमा गुन्डोवानले पेनाल्टीमा गोल गर्न चुकेपछि उनले ह्याट्रिक गर्ने मौका गुमाएका थिए । जितसँगै सिटीले दोस्रो स्थानको आर्सनलसँग चार अंकको अग्रता बनाएको छ । ३४ खेलबाट सिटी ८२ अंकका साथ शीर्षस्थानमा रहँदा आर्सनल समान खेलबाट ७८ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

लिड्स ३५ खेलबाट ३० अंकका साथ १७ औं स्थानमा छ ।