१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोपा डेल रे’को उपाधि रियल मड्रिडलाई



अ+ अ-

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । गएराति भएको फाइनल खेलमा ओसासुनालाई २–१ गोलले पराजित गर्दै रियल च्याम्पियन बनेको हो ।

स्टेडियो डे ला कार्तुजा मैदानमा भएको फाइनलमा रियललाई जित दिलाउन दुबै गोल रोड्रिगोले गरे । ओसासुनाका लुकास टोरोले एक गोल गरेपनि टोलीलाई उपाधि दिलाउन सकेनन् ।

खेलको दोस्रो मिनेटमा नै रोड्रिगोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा टोरोले गोल गर्दै ओसासुनालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

तर, ७० औं मिनेटमा रोड्रिगोले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै रियललाई उपाधि दिलाए । रियलको यो २० औं कोपा डेल रे उपाधि हो ।