६ भाद्र २०८३, शनिबार
,
Latest
इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोपा डेल रे’को उपाधि रियल मड्रिडलाई



अ+ अ-

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । गएराति भएको फाइनल खेलमा ओसासुनालाई २–१ गोलले पराजित गर्दै रियल च्याम्पियन बनेको हो ।

स्टेडियो डे ला कार्तुजा मैदानमा भएको फाइनलमा रियललाई जित दिलाउन दुबै गोल रोड्रिगोले गरे । ओसासुनाका लुकास टोरोले एक गोल गरेपनि टोलीलाई उपाधि दिलाउन सकेनन् ।

खेलको दोस्रो मिनेटमा नै रोड्रिगोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा टोरोले गोल गर्दै ओसासुनालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

तर, ७० औं मिनेटमा रोड्रिगोले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै रियललाई उपाधि दिलाए । रियलको यो २० औं कोपा डेल रे उपाधि हो ।